२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


सबैको साझा प्रतिबद्धताको खाँचो : प्रधानमन्त्री


0
Shares

काठमाडौं, साउन १३ । प्रधानमन्त्री केपी ओलीले नेपाल संक्रमणकालीन अवस्थाभित्रै रहेको भन्दै नयाँ संविधान कार्यान्वयन गर्न सबैको प्रतिबद्धताको आवश्यकता रहेको बताएका छन् ।

युनिभर्सल पीस फेडरेसन र पार्लियामेन्ट पीस काउन्सिल नेपालले संयुक्तरुपमा विहीबार काठमाडौंमा गरेको सम्मेलनको उद्घाटन गर्दै उनले देशलाई संघीय ढाँचामा लैजानुपर्ने र स्थानीय निर्वाचनका साथै संसदीय निर्वाचन पनि सम्पन्न गरिसक्नुपर्ने भन्दै सबैको साझा प्रतिबद्धताको खाँचो रहेको बताए ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा द्वन्द्व र ध्रुवीकरणको अन्त्य गर्न सुशासन प्रणालीलाई मजबुत् बनाउनुपर्ने बताए ।

कार्यक्रममा भारत, पाकिस्तान, श्रीलंका, कोरिया, फिलिपिन्सलगायतका विभिन्न देशका पूर्वराष्ट्रपतिका साथै मन्त्री, सभामुख तथा सभासदहरुको सहभागिता रहेको थियो ।