
रसुवा, साउन १४ । पहिरो गएपछि अवरुद्ध बनेको पासाङ ल्हामु राजमार्गअन्तर्गतको धुन्चे–रसुवागढी सडकखण्डको अवरोध हटाउन स्थानीय प्रशासनले सुरु गरेको छ ।
कयौं स्थानमा झरेको पहिरो हटाउन रसुवागढी र धुन्चेबाट एस्काभेटर प्रयोग गरिएको छ । अहिले पहिरो झरिरहेको ठाउँमा दुईवटा एस्काभेटरको सहायताले काम भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।
पहिरोले सडक अवरोध गरेपछि रसुवाको माथिल्लो भेगबाट सदरमुकाम धुन्चे आउने सार्वजनिक सवारी साधन चल्न सकेको छैनन् । त्यसैगरी चीनबाट नेपाल आउने तथा नेपालबाट चीनको केरुङतर्फ जाने सयौं मालवाहक कन्टेनर बीच बाटोमै रोकिएका छन् ।
प्रतिक्रिया दिनुहोस्