
धनकुटा, साउन १४ । धनकुटाबाट यो वर्ष १ अर्ब ६४ करोड रुपैयाँ बराबरको तरकारी निकासी भएको छ ।
जिल्ला कृषि विकास कार्यालय धनकुटाले दिएको जानकारीअनुसार यो वर्ष ८४ करोड रुपैयाँ बराबरको गोलभेंडा, ३४ करोड बराबरको बन्दा, १९ करोड बराबरको काउली निकासी भएको हो । त्यस्तै मुला पाँच करोड, रायो साग चार करोड, मटरकोसा सात करोड, सिमी चार करोड, खुर्सानी दुई करोड रुपैयाँ बराबरको निकासी भएको छ ।
यो निकासी गत वर्षको भन्दा ३० करोड रुपैयाँले बढी हो । गत वर्ष १ अर्ब ३४ करोड रुपैयाँ बराबरको तरकारी निकासी भएको थियो ।
धनकुटामा उत्पादित तरकारी झापा, मोरङ, सुनसरीसहित काठमाडौंसम्म पुग्ने गरेको छ । त्यसैगरी सीमावर्ती भारतीय बजारमा समेत धनकुटामा उत्पादित तरकारी पुर्याइने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्