
जाजरकोट, साउन १४ । नेपाल रेडक्रस सोसाईटी जाजरकोटले ‘एक घर, एक धारा’ कार्यक्रम सञ्चालन गरेको छ ।
जाजरकोटको पैंक, अर्छानी र लँह गाविसमा स्वीस रेडक्रसको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो ।
रेडक्रसको १६ लाख ३२ हजार, गाविसको २ लाख र श्रमदान ६ लाख गरी साढे २४ लाख रुपैयाँमा खानेपानी आयोजना निर्माण भएको हो । यहाँका ६२ घरधुरीमा रेडक्रसले निजी धारा निर्माण गरिदिएको छ ।
प्रतिक्रिया दिनुहोस्