
काठमाडौं, साउन १४ । नेपालमा पछिल्लो समय बाघको संख्यामा उल्लेखनीय वृद्धि भएको छ ।
विश्व बाघ दिवसको अवसर पारेर आज राजधानीमा गरिएको कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषले नेपालमा बाघको संख्या १९८ पुगेको तथ्यांक सार्वजनिक गरेको छ ।
तराईमा १७ प्रतिशत भूभागमा पाटे बाघ, पहाडको ६८ प्रतिशत भूभागमा थोप्ले बाघ र हिमालको १५ प्रतिशत भूभागमा हिउँ चितुवा पाइन्छ ।
पहाडी भूभागमा सामुदायिक वनको विकास र संरक्षणबाट थोप्ले बाघको संरक्षणमा उल्लेखनीय उपलब्धि प्राप्त भएको विज्ञहरुको भनाई छ । वातावरणीय रक्षा कवजका रुपमा रहेको थोप्ले बाघका बारेमा कुनै चासो नदेखाइएको भन्दै विज्ञहरुले यसलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषले बाघ संरक्षण कार्ययोजना सार्वजनिक गरेको थियो । कार्ययोजनामा बाघको संरक्षण र संख्या बृद्धिका लागि विभिन्न कार्यक्रम तय गरिएको छ ।
विकासका नाममा वन, वन्यजन्तु र वातावरणको बिनास हुनबाट जोगाउनुपर्नेमा कार्ययोजनाले जोड दिएको छ ।
प्रतिक्रिया दिनुहोस्