
फाइल फोटो
भक्तपुर, साउन १४ । परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले देशभरका १९२ ओटा परीक्षा केन्द्रमार्फत् शुक्रबारबाट प्रवेशिका (एसएलसी) पूरक अर्थात् ग्रेडबृद्धि परीक्षा सुरु गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले आजदेखि सुरु भएको परीक्षामा नियमिततर्फ एक लाख आठ हजार ३२६ जना र एक्जाम्टेडतर्फ ३९ हजार २५७ जना गरी कुल एक लाख ४७ हजार पाँचसय ८३ जना सहभागी भएको जानकारी दिए ।
एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डी’ र ‘इ’ ग्रेड ल्याउने परीक्षार्थीले पूरक अर्थात् ग्रेडबृद्धि परीक्षा दिन पाउने कार्यालयले व्यवस्था गरेको थियो । परीक्षा २१ गतेसम्म सन्चालन हुनेछ । रासस
प्रतिक्रिया दिनुहोस्