
सुनसरी, साउन १४ । सन्चारमन्त्री शेरधन शुक्रबार धरानमा भएको कार्यक्रममा अनलाइन मिडियाविरुद्ध खनिएका छन् ।
‘अनलाइन मिडियाले जे पायो त्यहि लेखेर पत्रकार आचारसंहिता उल्लंघन गर्ने गरेको’ भन्दै उनले अनलाइन मिडियालाई आचारसंहिताभित्र राख्न निर्देशिका जारी गरेको बताए ।
प्रेस चौतारी सुनसरीले शुक्रबार धरानमा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री राईले आफू सन्चारमन्त्री भएपछि मिडिया र सन्चारकर्मीहरुका लागि महत्वपूर्ण काम गरेको तर अनलाइन मिडियाले भने जथाभावी गर्ने गरेको आरोप लगाए ।
अनलाइन मिडियाहरु सत्यतथ्यभन्दा पनि समाचारलाई सनसनीपूर्ण बनाउनेतर्फ उद्धत रहेको उनको आरोप थियो ।
प्रतिक्रिया दिनुहोस्