२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


दशगजामा भारतको बाँध निर्माण रोकियो, यस्तो छ तनाव, तीन नेपाली गम्भीर (भिडियो)


0
Shares

शिवहरि भट्टराई (इमेज)
राजविराज, साउन १४ । सप्तरीको सीमावर्ती क्षेत्र तिलाठीमा खाँडो खोलाको बहाव नै रोकिने गरी भारतले थालेको बाँध निर्माणको काम रोकिएको छ ।

नेपाली र भारतीयबीच बाँध निर्माणको विषयलाई लिएर विहीबार झडप भएपछि शुक्रबार उक्त काम रोकिएको हो । विवादित सो क्षेत्र अहिले नेपाली र भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा रहेको छ ।

सुरक्षाकर्मीले दुबैतर्फका सर्वसाधारणलाई हटाएका छन् भने दुबै देशका अधिकारीहरुबीच वार्ता सुरु भएको छ ।

बिहार, कुनौलीमा सुरु भएको वार्तामा नेपाली पक्षबाट सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमसहित जिल्लास्थित सुरक्षा प्रमुखहरु र भारतको बिहारस्थित सुपोल जिल्लाका डिस्ट्रिक मजिस्टे«ड बैधनाथ यादवसहितका अधिकारीहरु सहभागी छन् ।

विहीबारको झडपमा परी १२ जना नेपाली घाइते भएका छन् । तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ ।

१५ वर्षअघि भारतीय पक्षले एकपक्षीयरूपमा खाँडो खोलाको बहाव थुनिने गरी दशगजामा बाँध निर्माण गरेको थियो ।

गत शनिबार खाँडो खोलाको बाढीले त्यसलाई भत्काइदिएपछि भारतीयहरुले पुनः बाँध बनाउन थालेका थिए ।

दशगजा क्षेत्र नै मिचेर बाँध बनाउँदा नेपालतर्फ जलमग्न हुने गरेको छ ।
भिडियो हेर्नुहोस्