
धनकुटा, साउन १४ । धनकुटाको सिधुवामा विहीबार भएको यात्रुबहाक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाक्रममा शुक्रबार धरान–१७ का चेतबहादुर मगरको मृत्यु भएसँगै मृतकको संख्या १५ पुगेको हो ।
यसैबीच, सो दुर्घटनाको छानबिनका लागि क्षेत्रीय ट्राफिक कार्यालयले प्रहरी नायव उपरीक्षक पवन गिरीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
उक्त समितिले तीन दिनभित्रमा दुर्घटनाको प्रतिवेदन सार्वजनिक गर्नेसमेत जनाइएको छ ।
विहीबार सिधुवाबजारनजिक यात्रुबस दुर्घटना हुँदा नेकपा माओवादी केन्द्र धनकुटाका अध्यक्ष तथा पूर्वअर्थ राज्यमन्त्री हरिराज खेवासहित १५ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्