२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


भोटोजात्रामा पहिलोपटक महिला राष्ट्राध्यक्ष (भिडियोसहित)


0
Shares

काठमाडौं, साउन १४ । काठमाडौं उपत्यकाको ऐतिहासिक भोटोजात्रा शुक्रबार सम्पन्न भएको छ ।

रातो मच्छिन्द्रनाथको रथको बुर्जाबाट गुठी संस्थानका अधिकारीले चारैतिर घुमाउँदै तीनपटकसम्म बहुमूल्य मणि तथा रत्नजडित ऐतिहासिक भोटो देखाएपछि जात्रा सम्पन्न भएको हो ।

भोटोजात्रामा पहिलोपटक महिला राष्ट्राध्यक्षकोरुपमा विद्यादेवी भण्डारी सहभागी भइन् ।

सो उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख, मन्त्रीहरु र सुरक्षाअंगका प्रमुखहरुले रातो मच्छिन्द्रनाथ र पाटनकी जीवित देवी कुमारीको दर्शन गरी भोटोजात्रा अवलोकन गरेका थिए ।

लोककथनअनुसार टौदहका नागराज कर्कोटकले नागिनीको आँखाको रोग निकोपार्ने किसान वैद्यलाई उपहारस्वरुप रत्नजडित भोटो दिएका थिए ।

किसानले खेतको आलीमा राखी काममा व्यस्त भएकाबेला भोटो हराएको र पछि मच्छेन्द्रनाथको जात्रा हेर्न भेला भएको भीडमा राक्षसले भोटो लगाएको देखेपछि किसानले भोटोमा दावी गरेका थिए । तर, दुबैका बीचमा भोटो खोसाखोस गर्दै विवाद परेको थियो ।

पर्याप्त प्रमाणको अभावमा भोटो कसको हो भनेर निर्णय गर्न नसकेका कारण प्रमाण लिएर नआउन्जेल भोटो मच्छिन्द्रनाथको जिम्मा लगाइएको किम्बदन्ती रहेको छ ।

सोही परम्पराअनुसार प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन सो भोटो कसको हो भनी देखाउने परम्परा रहँदै आएको छ ।

भोटोजात्रा सम्पन्न भएपछि रातो मच्छिन्द्रनाथको रथयात्रा पनि सम्पन्न हुने गर्दछ ।

पाटनको सबैभन्दा महत्वपूर्ण तथा नेपालकै सबैभन्दा लामो जात्राकोरुपमा रहेको मच्छिन्द्रनाथको मूर्तिलाई आज बुंगमती पुर्‍याउने गरिन्छ ।

भिडियो हेर्नुहोस्