
नवीन कुइँकेल (इमेज)
लमजुङ, साउन १४ । लमजुङमा निर्माणाधीन ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत आयोजनाको बाँध र जलाशय क्षेत्रको परीक्षण गरिएको छ ।
आयोजनाको भुलभुले–५ ङादीमा बनाइएको बाँधको ढोका र जलाशय क्षेत्रको शुक्रबार परीक्षण गरिएको हो । आयोजनाको बाँधका तीनओटा ढोकामध्ये दुईओटा बन्द गरी परीक्षण गरिएको थियो ।
ढोका बन्द गर्दा पानीको सतहले कति क्षेत्रसम्म प्रभाव पार्छ भन्ने पहिचान गर्न परीक्षण गरिएको प्रवद्र्धक सिनो हाइड्रो–सगरमाथा पावर कम्पनीका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले जानकारी दिए ।
एक महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य लिएको आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।
चीनको बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रो र सगरमाथा पावर कम्पनीले उक्त आयोजना निर्माण गरिरहेका हुन् ।
प्रतिक्रिया दिनुहोस्