कांग्रेस–एमाले सांसदले भने–‘लोकमानविरुद्ध महाअभियोग लगाउन पर्याप्त आधार छ’ « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Wed Aug 17 2022


कांग्रेस–एमाले सांसदले भने–‘लोकमानविरुद्ध महाअभियोग लगाउन पर्याप्त आधार छ’


0
Shares

काठमाडौं, साउन १४ । नेपाली कांग्रेस र नेकपा एमालेका युवा सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की स्वेच्छाचारी ढंगले अगाडि बढेको आरोप लगाएका छन् ।

डा. गोविन्द केसी ऐक्यबद्धता गठबन्धनले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा सहभागी सांसदहरुले कार्कीविरुद्ध महाअभियोग लगाउन पर्याप्त आधार रहेको बताए ।

कार्यक्रममा एमाले नेता घनश्याम भुषालले लोकमानका अगाडि सांसद निरीह बनेको आरोप लगाए भने अर्का एमाले सांसद रविन्द्र अधिकारीले अख्तियार दुरुपयोगको छानबिन गर्नेले नै अधिकार दुरुपयोग गरेको बताए ।

कार्यक्रममा कांगे्रस सांसदहरु गगन थापा, रामहरि खतिवडालगायतले पनि अख्तियारको काम–कारबाही स्वेच्छाचारी भएको आरोप लगाएका थिए ।