
कञ्चनपुर, साउन १५ । सुदूर तथा मध्य पश्चिमका कृषकहरु रोपाईं सकेर दशै–तिहार खर्च जुटाउनका लागि भारततिर जान थालेका छन् ।
साउनको पहिलो साता देखि भारत जानेको संख्या बढेको हो । अहिले रोजगारीका लागी छिमेकी मुलुक भारत जानेहरुको पश्चिमी सिमानाका गड्डाचौकीमा भिड नै लागेको छ ।
भारतका विभिन्न शहर शिम्ला, हिमांचल, काला पहाड क्षेत्रमा मजदुरी गर्नका लागि उनीहरु दैनिक हजारौंको संख्यामा पश्चिमी सिमानाका गड्डाचौकी, भएर भारत जान लागेका छन् ।
बिहानै देखि साँझसम्म मजदुरी गर्न नेपालीहरु लर्को लागेर भारत गईरहेका छन् । धान रोपि सकेपछि तीन÷चार महिना खाली बस्नुपर्ने र नेपालमा कुनै रोजगारीका अवसर नभएका कारण उनीहरु भारत जान बाध्य छन् ।
खास गरेर सुदुरपश्चिम र मध्यपश्चिमका कृषकहरु गड्डाचौकी नाका भएर बढि भारत जाने गरेका छन् । सिजनका बेला नेपाल आउने खेतीपाती लगाएपछि उनीहरु यसरी नै खर्चको जोह गर्नका लागि भारतका विभिन्न क्षेत्रका जाने गरेका छन् ।
मध्यपश्चिम तथा सुदुरपश्चिम लगायत क्षेत्रवाट अहिले भारतका विभिन्न शहरहरुमा मजदुरी गर्न मात्रै दैनीक २ हजार देखि २ हजार५ सयको हाराहारीमा गड्डाचौकी नाकाबाट नेपालीहरु जाने गरेको ईलाका प्रहरीकार्यालय गड्डाचौकी ले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्