२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


विहानै रामनगरको जंगलमा बस पल्टियो, आठ जना यात्रु घाइते


0
Shares

चितवन, साउन १५ । चितवनको भरतपुरस्थित रामनगरको जङ्गलमा आज बिहान यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा आठ यात्रु घाइते भएका छन् ।

सर्लाहीबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ८९५५ नम्बरको रामनगरको जङ्गलमा अनियन्त्रित भई पल्टिएर दुर्घटनाभएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

बिहान करिब २ः१४ बजेको समयमा उक्त दुर्घटना भएको हो । घाइतेको अहिले चितवन मेडिकल कलेजमा उपचारभइरहेको छ ।

सडकमा बनेको खाल्डो छल्न खोज्दा बस पल्टिएको थियो । नारायणगढ मुग्लिन सडकमा विभिन्न क्षेत्रमा सडकविस्तारका क्रममा रहेकाले यहाँ धेरै खाल्डाखुल्डी छन् । रासस