कैलाली, साउन १५ । कैलालीमा ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट भुक्तानी गर्दा समस्या परेको गुनासो गरेका छन् ।
सामाजिक सुरक्षा भत्ता लिन कृषि विकास बैंक बैंकिङ कार्यालय धनगढीमा पुगेका बृद्धबृद्धाले सुरक्षा भत्ताले राहतभन्दा बढी सास्ती दिएको बताएका हुन् ।
बृद्धबृद्धाका निम्ति सहज प्रणाली अबलम्बन गर्न नसक्दाको सास्ती भएको गुनासो उनीहरुले गरेका हुन् ।
भत्ता लिन बैंकिङ्ग कार्यालयमा दुुई घण्टा लाईन बस्नुपरेको गुनासो शारिरीक अपाङ्गता भएका ७४ वर्षीय जीतबहादुर कोलीले गरे ।
धनगढी उपमहानगरपालिकाले साउन पहिलो हप्ताबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि बैंकमा थेगिनसक्नु भीड लागेको छ ।
उपमहानगरपालिकाका ४ हजार ६५ जनाका लागि आर्थिक वर्षको अन्तिम किस्तास्वरुप करिब १ करोड २३ लाख वितरण भएको कृषि विकास बैंक धनगढीका शाखा अधिकृत डम्बरदत्त जोशीले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्