
काठमाडौं, वैशाख ११ । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।
बुधबार बिहान ६ः२९ र ६ः४० मा गरी दुई पटक भूकम्पको धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पहिलो झट्का ५.२ म्याग्निच्यूडको थियो भने दोस्रो पटक गएको भूकम्प ४.३ म्याग्निच्यूडको थियो ।
दुवै भूकम्पको केन्द्रविन्दु धादिङ रहेको केन्द्रले जनाएको छ ।
राष्ट्रिय समाचार समितिका अनुसार भूकम्प मापन केन्द्रका उपप्रमुख मुकुन्द भट्टराईले उक्त भूकम्प विसं २०७२ वैशाख १२ को परकम्प भएको जानकारी दिए ।
वैशाख १२ देखि हालसम्म चार रेक्टर स्केलभन्दा बढीका ५०० भन्दा बढी भूकम्पको परकम्प गइसकेको केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्