बहुमतीय सरकार गठनको गृहकार्य भइरहेको छ: उपाध्यक्ष श्रेष्ठ « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Tue Aug 9 2022


बहुमतीय सरकार गठनको गृहकार्य भइरहेको छ: उपाध्यक्ष श्रेष्ठ


0
Shares

काठमाडौं, साउन १५ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहमतीय सरकार गठनको सम्भावना एकदमै कम रहेको बताएका छन् ।

गोर्खा समाज सेवा केन्द्र काठमाडौंको एघारौं साधरणसभाको आज राजधानीमा उद्घाटन गर्दै उपाध्यक्ष श्रेष्ठले दलहरुबीच सहमति हुने सम्भावना कम भएकाले बहुमतीय सरकार गठनको गृहकार्य भइरहेको बताए ।

उनले नयाँ सरकारमा मधेसी दलहरुलाई समावेश गराएर राजनीतिक अन्योल समाप्त पार्नुपर्ने बताए ।

कार्यक्रममा वक्ताहरुले भने सरकारका लागि दलहरुबीच सहमति नजुटे पनि राष्ट्रिय एजेण्डामा सहमति कायम गर्नुपर्नेमा जोड दिएका थिए ।