
काठमाडौं, साउन १५ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहमतीय सरकार गठनको सम्भावना एकदमै कम रहेको बताएका छन् ।
गोर्खा समाज सेवा केन्द्र काठमाडौंको एघारौं साधरणसभाको आज राजधानीमा उद्घाटन गर्दै उपाध्यक्ष श्रेष्ठले दलहरुबीच सहमति हुने सम्भावना कम भएकाले बहुमतीय सरकार गठनको गृहकार्य भइरहेको बताए ।
उनले नयाँ सरकारमा मधेसी दलहरुलाई समावेश गराएर राजनीतिक अन्योल समाप्त पार्नुपर्ने बताए ।
कार्यक्रममा वक्ताहरुले भने सरकारका लागि दलहरुबीच सहमति नजुटे पनि राष्ट्रिय एजेण्डामा सहमति कायम गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्