
दमक, साउन १५ । झापाको गौरादह नगरपालिका–१३ ग्वाँलडुब्बास्थित प्रगति उमाविका प्राचार्य मदनकुमार मिश्र शनिबार बिहान मृत अवस्थामा फेलापरेका छन् ।
मिश्रको शव डोरीमा बाँधेर भुइँमा झरेको अवस्थामा फेलापरेको इप्रका गौरीगञ्जका प्रहरी निरीक्षक कमल खत्रीले जानकारी दिए ।
मिश्र गौरादह–११ स्थित चन्द्रबहादुर दाहालको घरनजिकै मृत अवस्थामा भेटिएका थिए ।
प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरेको जनाएको छ ।
स्थानीयले मिश्रलाई हत्या गरेर झुन्ड्याएको हुनसक्ने दाबी गरेका छन् ।
प्रहरीले मृतकको शव परीक्षणका लागि मोरङको उर्लाबारीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्