२७ बैशाख २०८२, शनिबार | Sun May 11 2025


कांग्रेस–माओवादी र मधेसी मोर्चाबीचको बैठकमा के भयो ? (भिडियोसहित)


0
Shares

काठमाडौं, साउन १५ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेसी मोर्चाबीच राजनीतिक समझदारी कायम गर्न कार्यदल गठन गर्ने सहमति भएको छ ।

सरकार गठनको तयारीमा रहेका कांग्रेस र माओवादीका केन्द्रका शीर्ष नेताहरुले शनिबार मधेसी मोर्चाका नेताहरुसँग छलफल गरी राजनीतिक समझदारी बनाउन ९ सदस्यीय कार्यदल गठन गर्ने सहमति गरेका हुन् ।

सिंहदरबारमा भएको बैठकमा कार्यदलका सदस्यहरुको टुंगो चाँडै लगाउने सहमति भएको छ । कार्यदलमा तीनैपक्षका तीन–तीनजना रहने छन् ।

बैठकमा कांग्रेस र माओवादी केन्द्रले मधेसी मोर्चालाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।

तर, मोर्चाले आफूहरुका केही माग पूरा नभएसम्म सरकारका सहभागी हुन नसक्ने जवाफ दिएपछि समझदारी बनाउन भन्दै कार्यदल गठन गर्ने सहमति भएको तमलोपा अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायतका नेता सहभागी थिए ।

भिडियो हेर्नुहोस्