१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


अन्तर्राष्ट्रिय नेतृत्व सम्मेलन सम्पन्न


0
Shares

काठमाडौं, साउन १५ । कुनैपनि प्रकारको नाजुक परिस्थितिलाई सम्बोधन गर्नका लागि सरकार र नागरिक समाजको भूमिकासम्बन्धी अन्तर्राष्ट्रिय नेतृत्व सम्मेलन शनिबार राजधानीमा सम्पन्न भएको छ ।

युनिभर्सल पीस फेडरेसन र पार्लियामेन्ट पीस काउन्सिल नेपालले संयुक्तरुपमा काठमाडौंमा गरेको सम्मेलनमा जलवायु परिवर्तन, नाजुक परिस्थितिमा सन्चारमाध्यम र धार्मिक समुदायका अगुवाहरुको भूमिकालगायतका विषयमा छलफल भएको थियो ।

सम्मेलनमा भारत, पाकिस्तान, श्रीलंका, कोरिया, फिलिपिन्सलगायतका देशका प्रतिनिधिहरु सहभागी थिए ।