
फाइल फोटो
काठमाडौं, साउन १५ । सप्तरीको तिलाठीमा साउन १३ गते भारतीय पक्षबाट दशगजामा नदीको बहाव थुनेर तटबन्ध बनाएपछिको झडपमा घाइते भएका पूर्वजिविस सदस्य देवनारायण यादवलाई उपचारका लागि शनिबार काठमाडौं ल्याइएको छ ।
‘राष्ट्रिय स्वाधीनताका लागि युवा अभियान’ नामक अनौपचारिक समूहको पहलमा यादवलाई स्वयम्भूस्थित प्रस्तावित मनमोहन शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।
अभियानको पहलमा विराटनगरबाट विमानमा यादवलाई काठमाडौं ल्याइएको अभियानद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यादवलाई आवश्यक उपचारको सम्पूर्ण व्यवस्थासहित काठमाडौंमा रहँदा लाग्ने खर्च अभियानले नै जुटाउने अभियानका सदस्य राजेश राईले जानकारी दिए ।
घाइते यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भेट्ने कार्यक्रम रहेको बुझिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्