
प्रदीप पौडेल (इमेज)
पोखरा, साउन १५ । बर्जर पेन्ट्सले पोखरामा एक्सक्लुसिभ शोरुम सन्चालनमा ल्याएको छ ।
कम्पनीले राष्ट्र बैंकचोकमा विस्तार गरेको यो पाँचौं शोरुम हो । शोरुमको शनिबार मिस नेपाल अश्मी श्रेष्ठ र बर्जर मिस ट्यालेन्ट सिर्जना रेग्मीले संयुक्तरुपमा उद्घाटन गरे ।
‘बुझ्नुहोस्, रोज्नुहोस् अनि रंगाउनुहोस्’ भन्ने नारा लिएको कम्पनीले रंगसम्बन्धी सबै जानकारी एकै ठाउँमा दिने उद्देश्यले शोरुम विस्तार गरेको सन्चालक तोरण कुँवरले बताए ।
पोखराको रंगबजारको ५० प्रतिशत हिस्सा बर्जर पेन्ट्सको रहेको बर्जरका कन्ट्री म्यानेजर साइबेल घोसले दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्