२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


को–को नियुक्ति हुँदैछन् ११ न्यायाधीश ?


0
Shares

काठमाडौं, साउन १६ । सर्वोच्च अदालतका लागि प्रस्तावित ११ न्यायाधीशको नियुक्ति प्रक्रिया आज टुंगो लाग्दै छ । संसदीय सुनुवाइ विशेष समितिको अहिले बसिरहेको बैठकले प्रस्तावित न्यायाधीशको नाम अनुमोदन गर्न लागेको हो ।

गत बुधबार र बिहीबार समितिले प्रस्तावित न्यायाधीशको सुनुवाइ पूरा गरेको थियो ।समितिले अनुमोदन गरेपछि ईश्वरप्रसाद खतिवडा, डाक्टर आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मिरा खड्का, हरिकृष्ण कार्की र विश्वम्वरप्रसाद श्रेष्ठ सर्वोच्चको न्यायाधीशमा नियुक्ति हुनेछन् ।

२० जना न्यायाधीश हुनुपर्ने सर्वोच्चमा अहिले ९ जनाले काम चलाइरहेका छन् । यसैबीच विभिन्न २२ देशमा प्रस्तावित राजदूतको सुनुवाई प्रक्रिया पनि आजैबाट सुरु हुने भएको छ ।

समितिको आजको बैठकमा प्रस्तावित राजदूतका बारेमा समितिलाई प्राप्त गोप्य उजुरी खोलिने तथा ती उजुरी समितिका सबै सदस्यलाई अध्ययनका लागि वितरण गर्ने कार्यसूची रहेको छ । उजुरी अध्ययनपछि समितिले प्रस्तावित राजदूतहरूको सुनुवाइ थाल्नेछ ।