
मकवानपुर, साउन १६ । मकवानपुरको मनहरी–३ स्थित रमनटारमा दुई वटा बस आपसमा ठोक्किँदा भएको दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा दुबै बसका चालकसहित ३२ जना घाइते भएका छन् । उनीहरुको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर रहेको छ ।
काठमाडौंबाट गाइघाटतर्फ गइरहेको अग्नि यातायातको ना ५ ख ५०५५ नम्बरको बस र काँकडभिट्टाबाट काठमाडौैं आइरहेको ना. ५ ख ४०६४ नम्बरको बस गएराति आपसमा ठोक्किँदा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।
६ जनाको घटनास्थलमै, दुई जनाको अस्पताल लैजाने क्रममा र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा एक जना महिला र एक जना बालक पनि रहेका छन् । मृतकको शव हेटौंडा जिल्ला अस्पतामा राखिएको छ । शवको सनाखत हुन भने बाँकी रहेको हेटौंडा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्