२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


तमोर नदी थुनिएर ताल बनेको २२ दिन वित्यो, विज्ञ टोली पुगेन


0
Shares

ताप्लेजुङ, साउन १६ । ताप्लेजुङको सावादिन गाविसमा झरेको पहिरोले तमोर नदी थुनिएर बनेको तालको अध्ययन सरकारले विज्ञसहितको टोली नखटाएपछि स्थानीय त्रसित बनेका छन् ।

जिल्ला विपद व्यवस्थापन समितिको बैठकले पहिरो गएको चार दिनपछि नै तालको जोखिम अध्ययनका लागि जल उत्पन्न प्रकोप नियन्त्रण विभागबाट विज्ञसहितको अनुसन्धान टोली खटाउन माग गरेको थियो ।

तर, ताल थुनिएको २२ दिन बितिसक्दासमेत सरकारले टोली नपठाएको विपद् व्यवस्थापन समितिका संयोजक तथा ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए ।

गत असार २५ गते राति सावादिन गाविसको नाक्ला भिरबाट झरेको पहिरोले तमोर नदी थुनिँदा फुरुम्बु र सावादिन गाविसको बीचमा करिब ५ सय मिटर लम्बाई र २ सय मिटर चौडाईको ताल बनेको थियो ।

थुनिएको नदीले फुरुम्बुतर्फको भाग कटान गरी बगिरहे पनि पहिलेको धारमा खुल्न सकेको छैन ।