
डडेल्धुरा, साउन १६ । सुदूरपश्चिमका आठवटा यातायात व्यवसायी संघले गरेको यातायात बन्दका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
काठमाडौंमा दर्ता गरेर सुदूरपश्चिममा बस सञ्चालन गरेको बडिमालिका यातायातको विरोधमा अन्य व्यवसायी संघले यातायात बन्द गरेपछि यात्रुको बिचल्ली भएको हो ।
शुक्रबार शुरु भएको विवाद मिल्न नसक्दा व्यवसायीहरुले अनिश्चितकालीन बन्द गरेका हुन् । तीन दिनदेखि सवारी साधन सञ्चालनमा नआउँदा गन्तव्यमा जानुपर्ने यात्रु अलपत्र परेका छन् ।
समस्याको समाधान गर्न सरकारलाई दबाब दिने उद्देश्यले यातायात सेवा ठप्प पारेको सुदूरपश्चिम यातायात व्यवसायी संघका अध्यक्ष टेकराज जोशीले बताए ।
प्रतिक्रिया दिनुहोस्