Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


घरधनीको मनपरी अन्त्य गर्न घरवहालसम्बन्धी राष्ट्रिय ऐन जारी गर्न माग


0
Shares

काठमाडौं, साउन १६ । घरवहाल सरोकार महासंघ नेपालले घरवहालसम्बन्धी राष्ट्रिय ऐन जारी गर्नुपर्ने माग गरेको छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले घरधनी तथा वहालवालाहरुको सुरक्षाको लागि पनि सरकारले राष्ट्रिय ऐन यथाशीघ्र जारी गर्नुपर्ने माग गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष शंकर कोइरालाले भने, ‘बहाल क्षेत्रमा देखिएका विविध समस्याहरुलाई न्युनिकरण तथा समाधान गर्नुपर्छ, यसका लागि सरकारले विशेष पहल गरोस्, हामी चाहन्छौं– घरवहाल ऐन जारी भयो भने यसले दुवै पक्षलाई हित गर्छ र सुरक्षाको प्रत्याभूति हुन्छ ।’

त्यस्तै कोइरालाले घरवहाल क्षेत्रलाई व्यवस्थित गर्नका लागि सरकारद्वारा कानुनी दायरमा राखी घरबहाल क्षेत्रलाई दर्ता गरि घरवहाल कर घरधनीद्वारा राज्यलाई बुझाउनुपर्ने नीतिलाई अगाडि सार्न माग गरे ।

उनले हालै २०७३ असार ७ गते घरवहाल सरोकार महासंघ गठन भएको र देशव्यापी रुपमा संगठन विस्तार गर्ने समेत जानकारी दिए ।

महासंघले सरकारले जारी गर्ने ऐनमा श्रमिकको सरकारबाट निर्धारण निश्चित आयआर्जका आधारमा घर वा कोठाको अवस्थालाई हेरी भाडा दर निश्चित गरिनुपर्ने, तलव वा पारिश्रमिकको वृद्धि व्यवसायिक सफलता वा असफलताको आधारमा मात्र भाडादर वृद्धि गरिनुपर्ने, कोठा तथा घर धनीबाट हुने मनोमानी भाडा बृद्धिलाई तुरुन्त रोकिनुपर्ने, लगायतका २६ बुँदे सुझावहरु अघि सारेको छ ।