२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


स्थिर सरकार नभएकाले विदेशीले हेप्ने गरेका छन् : अध्यक्ष राणा


0
Shares

भक्तपुर, साउन १६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले स्थिर सरकार नभएका कारण विदेशीले हेप्ने गरेको बताएका छन् ।

रफ्त सञ्चार क्लबले आज भक्तपुरमा गरेको कार्यक्रममा उनले छोटो छोटो समयमा सरकार परिवर्तन हुँदा देशको विकास हुन नसकेको बताए ।

राप्रपा नेपालसँग छलफल गरेरमात्र नयाँ सरकारमा सहभागी हुने/नहुने विषयमा टुंगोमा पुग्ने उनको भनाइ थियो । राप्रपा र राप्रपा नेपालबीच एकीकरण हुन लागेको अवस्थामा सरकारबारे दुबै दलले साझा धारणा बनाउन आवश्यक रहेको उनले बताए ।