७ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025


आइतबार सुनको मूल्य उकालो लाग्यो


0
Shares

काठमाडौं, साउन १६ । आइतबार पनि सुनको मूल्य सामान्य दरले उकालो लागेर तोलाको ५९ हजार पुग्यो ।

अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ सयले उकालो लागेर ५९ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि ५ रुपैयाँले बृद्धि भएर ९ सय १५ मा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रतिऔंस १३ सय ५७ डलर हाराहारीमा कारोबार भइरहेको थियो ।