२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


राष्ट्रिय एकतालाई जोड दिन प्रधानमन्त्रीको आग्रह


0
Shares

काठमाडौं, साउन १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार माध्यमहरुले राष्ट्रिय एकतालाई जोड दिनुपर्ने बताएका छन् ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आठै प्रहर अनलाइनको शुभारम्भ गर्दै उनले नेपाल विविधतायुक्त देश भएकाले राष्ट्रिय एकतामा सञ्चार माध्यमहरुले सम्वेदनशील भई काम गर्नुपर्ने बताए । उनले ०४६ सालको परिवर्तनपछि नेपालमा सञ्चार क्रान्ति भएको तर अहिले भने सञ्चार माध्यमहरु काम चलाउ रुपमा सिमित भएको टिप्पणी गरे ।

उनले अहिले पत्रकारपिच्छे अनलाइन भएको बताउँदै सञ्चार माध्यमहरुले गुणात्मक, व्यवसायिक र प्रतिस्पर्धी क्षमता विकास गर्नुपर्नेमा जोड दिए ।