७ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025


जलविद्युत परियोजनाको शेयर माग गर्दै प्रशासन प्रमुखलाई ज्ञापनपत्र


0
Shares

फिदिम, साउन १६ । पाँचथरको याङ्नाम–१ र भारपा–४ मा निर्माण भइरहेको हेवा खोला जलविद्युत परियोजना ए को निर्माण अन्तिम चरणमा पुग्दासमेत कम्पनीले स्थानीयका लागि शेयर निष्काशन नगरको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालय पाँचथरमा ज्ञापनपत्र बुझाएका छन् ।

परियोजनाको जिम्मा लिएको पाँचथर पावर कम्पनीले करिब ९५ प्रतिशत निर्माण सक्दा पनि आफूहरुलाई शेयर निष्काशन नगरेको भन्दै ४ सुत्रीय मागसहित प्रमुख जिल्ला अधिकारी किरण थापामार्फत कम्पनीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

१५ मेगावाट क्षमताको यो आयोजना २०६७ सालदेखि शुरु भएको हो ।