७ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025


‘विकासका लागि सूचना प्रविधि’ विषयक सम्मेलन राजधानीमा सुरु


0
Shares

काठमाडौं, साउन १६ । सूचना प्रविधि सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘आइटी फर डी’ शनिबारदेखि राजधानीमा सुरु भएको छ ।

डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजीले आयोजना गरेको सम्मेलनमा सूचना प्रविधिको क्षेत्रमा काम गर्ने स्वदेशी तथा विदेशी व्यक्तिहरुको सहभागिता रहेको छ ।

सूचना प्रविधिको पहुँच बढाउन सम्मेलनको आयोजना गरिएको डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजीका प्रमुख सुरेन्द्र नाथ अधिकारीले बताए ।

सूचना प्रविधिको प्रयोगबाट विकास कसरी गर्न सकिन्छ भन्ने काठमाडौं घोषणापत्र जारी गर्दै सम्मेलन सकिने छ । सूचना प्रविधिको प्रयोगबाट इ–लर्निङ्गको विकास गरि शिक्षा, स्वास्थ्य, कृषि, बैंकिङ्ग जस्ता क्षेत्रको सेवामा सहजता ल्याउन सकिने आयोजकको भनाई छ ।