Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


लागूऔषध बनाउन प्रयोग हुने कच्चा पदार्थसहित पाँचजना पक्राउ


0
Shares

काठमाडौं, साउन १६ । प्रहरीले लागू औषध बनाउन प्रयोग हुने ठूलो परिमाणको कच्चा पदार्थसहित पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले ब्यापारी रतनलाल संघाईसहित पाँच जनालाई पक्राउ गरेको हो । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी लागू औषध नियन्त्रण ब्यूरोले अभियुक्तहरुको विवरण सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं इन्द्रचोकका ६६ वर्षीय रतन संघाई, वीरगञ्ज १४ का २८ वर्षीय मोहित हलन, भारत रक्सौल घर भई हाल आर्या फर्मा ल्याबमा काम गर्ने ३५ वर्षीय दिलिप पण्डित, काठमाडौं सिनामंगलका ४३ वर्षीय बद्री बन र झापा काँकडभिट्टाका श्याम तामाङ छन् ।

बरामद औषधीजन्य कच्चा पदार्थ लागू औषध एम्फटामाईन मेटाफेटामाईन बनाउन प्रयोग हुने प्रहरीले जनाएको छ ।

Skip This