
खोटाङ, साउन १७ । जिल्ला कारागार शाखा खोटाङ पहिरोको उच्च जोखिममा परेको छ । केही दिन यता निरन्तर परेको वर्षाका कारण कारागारको उत्तर–पूर्वतर्फबाट करिब ५० मिटर फराकिलो पहिरो गएपछि कारागारको मुख्य भवन र सुरक्षाकर्मीको दुई कोठे भवन उच्च जोखिममा परेको हो ।
करिब सय मिटर अग्लो पहिरोले कारागारको कम्पाउण्ड र ढल बगाएको छ भने आसपासको खण्डसमेत भासिएको कारागारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्