२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


सुदुरपश्चिममा यातायात व्यवसायीको विवाद टुंगियो, यातायात सुचारु


0
Shares

डडेल्धुरा, साउन १७ । बडीमालिका बस व्यवसायी समितिले कैलालीमा सेवा सुरु गरेको विरोधमा अरु यातायात व्यवसायीले गरेको आन्दोलन स्थगित भएको छ ।

गत शनिबारदेखि अनिश्चितकालीन यातायात बन्द गरेका यातायात व्यवसायी र जिल्ला प्रशासन कार्यालयबीच आइतबार बेलुका सहमति भएपछि गाडी चल्न थालेका हुन् ।

बडीमालिका यातायातले न्यूनतम मापदण्ड पूरा नगरी गाडी सञ्चालन गर्न खोजेको भन्दै सुदूरपश्चिमका अन्य यातायात व्यवसायीले विरोध गर्दै यातायात सेवा बन्द गराएका थिए ।

एक हप्ताभित्र बडीमालिका यातायातका सञ्चालकलाई धनगढी झिकाएर आवश्यक शर्त पूरा गरेरमात्रै गाडी चलाउन दिने सहमति भएपछि व्यवसायीहरुले यातायात सञ्चालन गर्न थालेका हुन् ।