डडेल्धुरा, साउन १७ । शहीद भीमदत्त पन्तको ६४ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । किसान योद्धाका रुपमा चिनिने पन्तको २०१० साल साउन १७ गते हत्या भएको थियो ।
उनको सम्झनामा शहीद भीमदत्त स्मृति प्रतिष्ठानले दिवस मनाउँदै आएको छ । पन्तको जन्मथलो डडेल्धुरामा पनि आज स्मृति दिवस मनाइएको छ ।
सामान्य घरपरिवारमा जन्मिएका पन्त राणा शासन र सामन्तहरुको अत्याचारको विरोधमा सक्रिय भएका थिए ।
सामाजिक, आर्थिक र राजनीतिक रुपान्तरणका लागि आन्दोलनमा लागेका पन्तलाई २०१० साल साउन १७ गते तत्कालीन सरकारले निर्ममतापूर्वक हत्या गरेको थियो ।
६४ औं स्मृति दिवसका अवसरमा पन्तको सम्मान र सम्झनामा डडेल्धुराको बागबजारस्थित भिमदत्तको शालिकमा माल्र्यापण गरिएको छ ।
त्यसैगरी उपक्षेत्रीय अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरणलगायतका कार्यक्रमसमेत गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्