Logo ३० भाद्र २०८३, मंगलबार | Wed Sep 16 2026


जडीबुटीबाट उत्पादित सुगन्धित तेल युरोपमा निर्यात्


0
Shares

कलैया, साउन १७ । कोल्हवी नगरपालिका–३ रुपहीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी तामागढीले आर्थिक वर्ष २०७२/७३ मा जडीबुटीबाट उत्पादित सुगन्धित तेल युरोपेली मुलुकमा निर्यात् गरेको छ ।

सो कम्पनीले कुल १३ हजार ६६३ किलो सुगन्धित तेलमध्ये ८० प्रतिशत निर्यात् गरेको उक्त कम्पनीका प्रमुख अजयकुमार जयसवालले जानकारी दिए ।

गत आवमा सो कम्पनीले कुल रु चार करोड ४३ लाख २४ हजारको छ हजार १९३ किलो मेन्था तेल, दुई हजार ८१४ किलो सिटोनेला तेल, दुई हजार ४४८ किलो लेमनग्रास तेल, एक हजार २१४ किलो पामारोजा तेल, ५२५ किलो युक्योलिब्टस तेल, ४११ किलो क्याभोमाइल तेल र ५५ किलो फ्रेन्स बेसिल तेल उत्पादन गरी रु एक करोड एक लाख ८९ हजार ६१० आय–आर्जन गरेको थियो ।

उक्त कम्पनीले अघिल्लो आवमा कुल रु तीन करोड ८७ लाख दुई हजारको १३ हजार ४३० किलो सुगन्धित तेल बिक्रीबाट रु ५८ लाख ७४ हजार नाफा आर्जन गरेको बताइएको छ । रासस