
काठमाडौं, साउन १७ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा आर्थिककेन्द्रित राजनीति आवश्यकता परेको बताएका छन् ।
उपराष्ट्रपति कार्यालयमा सोमबार ‘नेपाल टुरिजम अवार्ड–२०१६’ वितरण गर्दै उनले समृद्धिको मुख्य आधार आर्थिक क्षेत्र भएकाले सबैले समृद्धिका लागि काम गर्नुपर्ने बताए ।
पर्यटन क्षेत्रको विकासबिना मुलकको समृद्धि सम्भव नभएको भन्दै उनले यस क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए ।
मुलुकमा सबैखाले परिवर्तन भएको भन्दै उनले नेपाली जनताले अब विकाससहितको परिवर्तन चाहेको बताए ।
कार्यक्रममा पर्यटन व्यवसायी मोहन लम्साल, संगम शेर्पा, गणेश गुरुङ, डम्बरबहादुर अधिकारी, ठाकुर ढुंगेललगायतलाई नेपाल टुरिजम अवार्ड २०१६ बाट सम्मानित गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्