
फाइल फोटो
जाजरकोट, साउन १७ । जाजरकोको एक विद्यालयमा २०७२ सालमा भर्ना नै नभएका विद्यार्थीलाई कक्षा–८ को जिल्लास्तरीय परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र उपलब्ध गराएको खुलासा भएको छ ।
जिल्लाको भेरी मालिका नगरपालिकाको भुरमा रहेको दीपेन्द्र उच्चमाविमा भर्ना नै नभएका विद्यार्थीलाई कक्षा–८ को प्रमाणपत्र उपलब्ध गराएको भेटिएको हो ।
निमित्त प्रधानाध्यापक बलदेव साहका दुई छोरा जयप्रकाश साह, ओमप्रकाश साह र स्थानीय भुर–७ कै शैलेन्द्र रानालाई विद्यालयमा भर्ना नै नगरी हचुवाको भरमा कक्षा–८ को जिल्लास्तरीय परीक्षामा सहभागी गराएको भन्दै प्रमाणपत्र उपलब्ध गराएको नाम नबताउने सर्तमा एक शिक्षकले बताएका छन् ।
विद्यालयमा भर्ना नै नभएका फर्जी विद्यार्थीलाई कीर्ते परीक्षार्थी बनाइ यस्तो अवैध काम भएको सत्य बाहिर आएपछि शिक्षकबीच मनमुटाव भएको छ ।
निमित्त प्रधानाध्यापक साहसँग टेलिफोन गर्दा सम्पर्क हुनसकेको छैन ।
यता, जिल्ला शिक्षा कार्यालयले छानबिनपछि कारबाइ गरिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्