२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


घले पक्राउको विरोधमा धुन्चे बन्द


0
Shares

रसुवा, साउन १७ । रसुवामा स्थानीय निकाय पुनःसंरचनाको छलफल चलिरहेकाबेला आक्रमण गरेको आरोपमा प्रहरीले छिरिङ ग्याल्बो घलेलाई पक्राउ गरेको छ ।

गत शनिबार छलफलकाक्रममा घलेको समूहले एक्कासि आक्रमण गरेको थियो ।

घलेलाई पक्राउ गरेको विरोधमा उनको समूहले सोमबार धुन्चेबजार बन्द गराएको छ । उनीहरुले सडकमा टायर बालेर विरोध प्रदर्शन गर्दै घलेको रिहाइको माग गरेका छन् ।

बन्दका कारण रसुवामा लामो तथा छोटो दूरीका यातायातका साधन चलेका छैनन् भने बजार पनि बन्द रहेको छ ।