२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


विषालु किंग कोब्रालाई यसरी रानीवनमा छाडियो (भिडियो)


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, साउन १७ । पोखराको फिस्टेल लज परिसरमा फेलापरेको कोब्रा सर्पलाई सोमबार पोखरानजिकैको रानीवनमा छाडिएको छ ।

दुर्लभ प्रजातिको विषालु ‘किंग कोब्रा’ भनिने उक्त सर्पलाई सुरक्षितरुपमा वनमा लगेर छाडिएको हो ।

पोखरामा दुई वर्षकोबीचमा चारओटा विषालु ‘राजगोमन’ भेटिएका छन् ।

यस प्रजातिको सर्पले चरालेझैं गुँड लगाएर अन्डा पार्ने गर्दछ ।

नेपालमा तराईको होचो भागदेखि ३५ सय मिटरको उचाइसम्ममा यो प्रजातिको सर्प पाइने बताइन्छ ।

भिडियो हेर्नुहोस्