
काठमाडौं, साउन १७ । पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले अबको ध्यान सुदूरपश्चिममा केन्द्रित हुने बताएका छन् ।
पर्यटन विकास समाज धनगढीको आयोजनामा मध्य तथा सुदूरपश्चिमका पर्यटकीय गन्तव्यकोबारेमा जानकारी दिन सोमबार पर्यटन बोर्डमा आयोजित अन्तरक्रियामा उनले पर्यटकलाई लोभ्याउने सम्भावना बोकेको हुँदा पश्चिमी जिल्लाहरुको प्रचारमा बोर्ड आफैं लाग्ने बताए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले खप्तड, बढीमालिका, सैपाल बेस क्याम्प, अपी बेस क्याप, रामरोसन, रारालगायतका ठाउँ पर्यटनका लागि उचित गन्तव्य रहेको भन्दै ‘प्याकेज’ बेच्न व्यावसायीहरुलाई आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्