
काठमाडौं, वैशाख ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्को सिफारिसमा दिनेशकुमार थपलियालाई शुक्रबार प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेकी छन् ।
नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यसैगरी, राष्ट्रपतिले सोही संविधानको धारा २५८ को उपधारा (२) अनुसार संवैधानिक परिषद्को सिफारिसमा विष्णुमाया ओझालाई राष्ट्रिय समावेशी आयोगको सदस्यमा नियुक्त गरेकी छन् ।
शुक्रबार नै सोही संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा सर्वोच्च अदालतको न्यायाधीशमा उनले पाँचजनालाई नियुक्त गरेकी छन् ।
राष्ट्रपतिले धनुषाका प्रकाशकुमार ढुंगाना, काठमाडौंका सुष्मलता माथेमा, झापाका कुमार रेग्मी, मोरङका हरिप्रसाद फुयाँल र काठमाडौंका मनोजकुमार शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी हुन् । रासस
प्रतिक्रिया दिनुहोस्