
पोखरा, साउन १८ । बर्षायाम सँगै पोखराको पर्यटकीय आकर्षणको केन्द्र फेवाताल जलकुम्भीले ढाकिदा कुरुप बनेको छ ।
हिउँदमा आफैं हराउने र बर्षायाममा तालको सौन्दर्यनै बिगार्ने गरी ढाकिने जलकुम्भीको दिर्घकालिन ब्यबस्थापन गर्न नसक्दा फेवाताल कुरुप जस्तै देखिएको हो ।
बर्खा लागेसंगै फेवाताल जलकुम्भी झारले ढाकिने गर्दछ । गत बर्ष सम्म पोखराका पर्यटन व्यसायी, बिभिन्न संघसंस्था, सरकारी तथा गैरसरकारी सफाइ गर्ने गरेका थिए ।
तर यो बर्ष सबै निकाय मौन रहेकाले तालको सौन्दर्यतानै हराएको छ । यो बर्ष जलकुम्भी झार हटाउन पोखरा उपमहानगरपालिकाले एनसेलसंग सम्झौता गरेको भनिएपनि काम भने हुन सकेको छैन ।
जलकुम्भी झार ब्यबस्थापनको लागि भन्दै जिल्ला विकास समिति, पोखरा उपमहानगरपालिकाले बर्षेनी बजेट विनियोजन गर्दै आएका छन् ।
झारको कारण तालमा डुङ्गा सयरमा समेत समस्या भएको फेवा डुङ्गा व्यवसायीहरुको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्