२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


रोजगारीका लागि कोरिया गएका एक नेपालीको दुर्घटनामा मृत्यु


0
Shares

पाँचथर, साउन १८ । दक्षिण कोरियामा कार्यरत एक नेपालीको सवारी दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा पाल्पाका हेमन्त आचार्य रहेका छन् । यस्तै दुर्घटनामा परेर पाँचथर रानीटार–६ पौवा भन्ज्याङका ३० वर्षीय सुवास मुखिया गम्भीर घाइते भएका छन् ।

घाइते मुखियाको अहिले खङ्वन्दो वन्जुसिकै खिदोक हस्पिटलमा उपचार भइरहेको त्यहाँबाट भीमराज चेम्जोङले जानकारी दिए ।

गत शुक्रबार कार दुर्घटना हुँदा आचार्यको घटनास्थलमै मृत्यु भएको र उनका साथी मुखिया गम्भीर घाइते भएको कुसुम बास्कोटाले जानकारी दिए ।

आचार्य भर्खरै मात्रै र मुखिया एक वर्ष अघि कोरिया पुगेका थिए । (रासस)