८ श्रावण २०८२, बिहिबार | Thu Jul 24 2025


चौतर्फी विरोधपछि नवलपरासी जिविसले दिएको ठेक्का रद्द


0
Shares

नवलपरासी, साउन १८ । नवलपरासी जिविसले ढुंगा, गिटी, बालुवाको कर उठाउनका लागि दिएको ठेक्का चौतर्फी विरोध भएपछि रद्द गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि जिविसले गिट्टी, ढुंगा, बालुवा, ग्राभेल, रोडामा कर उठाउन पाल्पास्थित अनुपम निर्माण सेवालाई एक करोड ३१ लाख रुपैयाँमा ठेक्का दिएको थियो ।

ठेक्का दिँदा अनियमितता भएको आवाज उठेपछि त्यसको विरोध भएको थियो ।

नवलपरासीका स्थानीय विकास अधिकारी लालकृष्ण पौडेलले मंगलबार ठेक्का रद्द गरेका हुन् ।

गत वर्ष चार करोड २५ लाखमा गएको ठेक्कालाई अहिले एक करोड ३१ लख रुपैयाँमा दिइएको भन्दै विरोध भएको थियो ।