२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


आक्रमणको आरोपमा रसुवामा थप एक पक्राउ, स्कर्टिङमा गाडी पास


0
Shares

रसुवा, साउन १८ । रसुवामा स्थानीय निकाय पुनःसंरचनाको छलफल चलिरहेकाबेला आक्रमण गरेको आरोपमा प्रहरीले मंगलबार थप एकजनालाई पक्राउ गरेको छ ।

मंगलबर पक्राउपर्नेमा धुन्चेका प्रकाश लामा रहेका छन् ।

यसअघि, प्रहरीले छिरिङ ग्याल्बो घलेलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

घटनामा संलग्न अरु व्यक्तिहरुको खोजीकार्य जारी रहेको पनि प्रहरीले जनाएको छ ।

आक्रमणकारी समूहलाई पक्राउ गरेको विरोधमा धुन्चेबजार बन्द गराइएको भएपनि प्रहरीले स्कर्टिङ गरी यातायातका साधन पास गराएको छ ।