८ श्रावण २०८२, बिहिबार | Thu Jul 24 2025


पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य घट्यो


0
Shares

                                                          फाइल फोटो

काठमाडौं, साउन १८ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।

आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेकाअनुसार पेट्रोल, मट्टितेल र डिजेलमा समान प्रतिलिटर रु दुई तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर रु २५ घटाइएको छ ।

समायोजित नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु ९७, डिजेल रु ७३, मट्टितेल रु ७३ र खाना पकाउने ग्यास रु एक हजार ३७५ कायम हुनेछ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपनि नेपालमा भने लामो समयदेखि मूल्य समायोजन हुन सकेको थिएन ।

यसअघि, निगमले गत माघ ४ गते पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो । रासस