
नेपालगन्ज, वैशाख ६ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत् पुरुष फुटबलतर्फ प्रदेश नम्बर–५ ले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई पराजित गरेको छ ।
शुक्रबार बाँकेको खजुरामा भएको खेलमा प्रदेश–५ ले सशस्त्रलाई ३–२ ले पराजित गरेको हो ।
खेलमा प्रदेश–५ लाई विजयी गराउन पूर्णबहादुर गुरु, विवेक पुन र सञ्जु सेनले एक/एक गोल गरे ।
पराजित टोली सशस्त्रका लागि आशिष लामा र प्रदीप लामाले एक/एक गोल गरेका थिए ।
जितसँगै प्रदेश–५ ले समूह ‘ए’का दुई खेलबाट ६ अंक जोडेको छ । सशस्त्रको भने दुई खेलबाट ३ अंकमात्रै छ ।
आठौं राष्ट्रिय खेलकुदको पुरुष फुटबलतर्फ सात प्रदेश र तीन विभागीय टोली गरी कुल १० टोलीको सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्